नेपाल प्रहरीलाई कर्तव्य बिमुख हुनबाट बचाऔ : प्रभु साह



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले अवैध मालसामान पक्राउ गरेवापत प्रहरी वा कर्मचारीलाई प्रोत्साहनस्वरुप दिइने कमिसनको व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

आज सामाजिक संजाल फेसबूकमार्फत एक भिडियो सार्वजनिक गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले राज्यको तलब खाएर जागीर गर्नेलाई थप कमिसनको व्यवस्था गर्दा प्रहरी सेवामुखी भन्दा कमिसनमुखी भएको भन्दै यस व्यवस्थालाई परिमार्जन गर्नुपर्ने माग गरे । आम नागरिकको हकमा भने सुराकी दिएवापत सम्मान गर्दै कमिसन दिने व्यवस्था कायम राख्नुपर्ने सांसद साहको भनाई छ ।

‘गौरवशाली इतिहास बोकेको नेपाल प्रहरीको क्षेत्राधिकार भनेको देशमा शान्ती सुव्यवस्था कायम गर्नु र अपराध नियन्त्रण गर्नु हो । नेपाल प्रहरीका कयौं सक्षम अफिसरले सराहनीय काम पनि गर्दै आएका छन्’ साहले भने, ‘तर आफुलाई कथित सक्षम भन्ने कयौं प्रहरीहरु आफ्नो कार्य क्षेत्रभित्र शान्ति सुव्यवस्थालाई कसरी कायम गर्ने, अपराध नियन्त्रण र अनुसन्धान कसरी प्रभावकारी बनाउने, दिनदिनै घटिरहेका घट्नाको न्यूनीकरण कसरी गर्नेजस्ता महत्वपूर्ण मुद्दामा ध्यान केन्द्रित गर्नुको सट्टा राजस्व छली र चोरी निकासीका सामान पक्राउ गर्नमा धेरै केन्द्रित भएको छ । यस विषयमा म विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले थप प्रष्ट गर्दै भने, ‘भन्सार र राजस्व छली मा व्यक्ति सहित सामान समातेमा ३० प्रतिशत, मालसामान मात्र समात्यो भने २० प्रतिशत पुरस्कार, सूचना मात्र दियो भने १५ प्रतिशत पुरस्कार पाउने व्यवस्था छ । यसरी प्रहरीले समात्यो भने उसले ४५ प्रतिशतसम्म पुरस्कार पाउछ ।’

‘यहाँ विचार गर्नुपर्ने छ, ती प्रहरी जो कर छलीमा केन्द्रित हुन्छ, पत्रकार सम्मेलन गरेर देखाउछ कि मैले ठुलो महान काम गरे देशको लागि । उ साच्चिकै देश सेवामा समर्पित छ कि दाम कमाउनमा केन्द्रित छ । कयौं महत्त्वपूर्ण आपराधिक घट्नाहरुका दोषी अझै पत्ता लागेका छैनन्, पीडितले न्याय पाएका छैन, सम्भावित अपराध बारे घुमुवा वा प्रहरीको प्राथमिकता छैन्’ सांसद साहले थपे, ‘तर जताततै जिल्लाका, प्रदेशका, संघका घुमुवाहरु नेपालमा अभाव कायम रहेको बेला किसानले जोखिम मोलेर खेती गर्न भारतबाट किनेर ल्याउने मलखाद समातेर बहादुरी देखाउछ । यसलाई महान काम भन्ने कि अपराध भन्ने हो ? म आम नागरिकको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रहरीले साच्चिकै कर्तव्यनिष्ट भएर काम गरिरहेको हो भने हेडक्वाटरले नै उक्त कमिसन नलिने घोषणा गर्न सांसद साहले ध्यानाकर्षण गराएका हुन् । देशमा अभाव हुने सामानको आपूर्तिलाई कार्यक्षेत्र नबुझ्ने प्रहरीको कदम भत्सर्ना गर्दै सांसद साहले सरकारको समेत ध्यानाकर्षण गराएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...