प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा बाइडन र ह्यारिसलाई मेन्सन गर्दै लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे । बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...