भारतीय सेना प्रमुख नरवणेको सगरमाथामा गिद्धे नजर



हाम्रो इकोनोमि

 

नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् ।

उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ ।

उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली सेनाले खरिद गरेको हेलिकप्टर हो ।

३ हजार ८ सय ८० मिटर उचाइमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गर्ने र हिमालको दृष्य अवलोकन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

काठमाडौं फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किंदै छन् ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न उनी बुधबार नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । नेपाल आएलगत्तै उनले पशुपतिनाथ र बसन्तपुर क्षेत्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...