मतगणना रोक्न ट्रम्पले मुद्दा दायर गरे



हाम्रो इकोनोमि

 

पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न ट्रम्प पक्षबाट मुद्दा दायर गरिएको छ । यसअघि पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न डोनाल्ड ट्रम्पको अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।

बुधबार ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियाको मतगणना रोक्न अदालतमा मुद्दा दायर गरिएको हो । अहिलेसम्मको मत परिणाम अनुशार पेन्सिलभेनियामा ट्रम्पले लिड गरिरेका छन् ।

पेन्सिलभेनियामा पहिलो र दोश्रो हुने राष्ट्रपति उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतान्तर भए पुनस् मतगणना गरिने जनाइएको छ । पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट क्याथी बुकभारका अनुशार पुनस् मतगणना सम्भव भएपनि अवस्यंभावी भने नभएको बताएका छन् ।

सन् २०१६ को चुनावमा शुन्य दशमलव ७ प्रतिशत मतान्तर भएका कारण पुनस् मतगणना गर्नुपरेको थिएन । तर यसपटक के हुन्छ त्यसका लागि भने बेलुकासम्म कुर्नुपर्नेछ ।

त्यस्तै मिसिगनमा पनि मतगणना रोक्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । मतपत्र खोल्ने र गणना गर्ने प्रकृयामा अवलोकनका लागि अर्थपूर्ण पहुच कायम नभएसम्म मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको उनीहरुले जनाएका छन् ।

उता जो बाइडेनले चुनाव जीतेको विसकन्सिनमा पुनस् मतगणना हुनुपर्ने ट्रम्पको अभियानले माग गरेको छ । उनीहरुले विसकन्सिनमा पुनस् मतगणनाका लागि आग्रह गर्ने जनाएका छन् । विसकन्सिनमा मतान्तर शुन्य दशमलव २५ प्रतिशतभन्दा कम भएमा स्वतस् पुन स् मतगणना हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...