मतगणना रोक्न ट्रम्पले मुद्दा दायर गरे



हाम्रो इकोनोमि

 

पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न ट्रम्प पक्षबाट मुद्दा दायर गरिएको छ । यसअघि पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न डोनाल्ड ट्रम्पको अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।

बुधबार ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियाको मतगणना रोक्न अदालतमा मुद्दा दायर गरिएको हो । अहिलेसम्मको मत परिणाम अनुशार पेन्सिलभेनियामा ट्रम्पले लिड गरिरेका छन् ।

पेन्सिलभेनियामा पहिलो र दोश्रो हुने राष्ट्रपति उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतान्तर भए पुनस् मतगणना गरिने जनाइएको छ । पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट क्याथी बुकभारका अनुशार पुनस् मतगणना सम्भव भएपनि अवस्यंभावी भने नभएको बताएका छन् ।

सन् २०१६ को चुनावमा शुन्य दशमलव ७ प्रतिशत मतान्तर भएका कारण पुनस् मतगणना गर्नुपरेको थिएन । तर यसपटक के हुन्छ त्यसका लागि भने बेलुकासम्म कुर्नुपर्नेछ ।

त्यस्तै मिसिगनमा पनि मतगणना रोक्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । मतपत्र खोल्ने र गणना गर्ने प्रकृयामा अवलोकनका लागि अर्थपूर्ण पहुच कायम नभएसम्म मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको उनीहरुले जनाएका छन् ।

उता जो बाइडेनले चुनाव जीतेको विसकन्सिनमा पुनस् मतगणना हुनुपर्ने ट्रम्पको अभियानले माग गरेको छ । उनीहरुले विसकन्सिनमा पुनस् मतगणनाका लागि आग्रह गर्ने जनाएका छन् । विसकन्सिनमा मतान्तर शुन्य दशमलव २५ प्रतिशतभन्दा कम भएमा स्वतस् पुन स् मतगणना हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...