बाइडनलाई बहुमत, ट्रम्पको धोती खुस्क्यो



हाम्रो इकोनोमि

 

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प देशभित्रै अलोकप्रिय भएको, अन्तर्राष्ट्रिय छवि धुमलिएको र मत सर्वेक्षणहरु पनि आफू अनुकूल देखिएकाले यस पटक ठूलो अन्तरले निर्वाचन जित्ने अपेक्षा डेमोक्रेटिक पार्टीको थियो । अर्काेतर्फ यस पटक डेमोक्रेटिक पार्टीले उम्मेदवार पनि एक ढिक्का भएर छनोट गरेको थियो ।

लामो राजनीतिक यात्रा र विदेश नीतिमा लामो अनुभव जो बाइडनका पार्टीका लागि ‘प्लस प्वाइन्ट’ थिए । कोभिड–१९ नियन्त्रणमा लापरबाही र जलवायु परिवर्तनलगायतका विषयमा ट्रम्पको अडानले पनि डेमोक्रेटिक पार्टीलाई उत्साहित बनाएको थियो ।

यति मात्र होइन, विश्वका प्रभावशाली मिडियाले पनि बाइडनको उम्मेदवारीको समर्थन गरेका थिए ।

तर जारी मतगणनाले के प्रष्ट भएको छ भने डेमोक्रेटिक पार्टीले सोचे जस्तो बाइडनको सहज जित सम्भव छैन । २०१६ मा भन्दा कडा टक्कर भने दिएका छन् ।

फक्स न्यूजका अनुसार हालसम्म बाइडनले २२५ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २१३ ।

जित हारका लागि महत्वपूर्ण मानिएको टेक्सास र फ्लोरिडामा फेरि ट्रम्पले नै बाजी मारेका छन् । फ्लोरिडामा बाइडनले जित हात पारेको भए ट्रम्पलाई निकै ठूलो धक्का लाग्ने थियो । तर, बाइडेनले फ्लोरिडामा ट्रम्पलाई रोक्न सकेनन् ।

जर्जिया, नर्थ क्यारोलिना, पेन्सिलभानिया, मिसिगन र विन्स्कोन्सिनको नतिजा आउन बाँकी छ । त्यहाँ पनि ट्रम्प अगाडि छन् र सन् २०१६ मा पनि उनले नै जितेका थिए ।

बाइडनले १० इलेक्टोरल भोट भएको एरिजोनाबाहेक सन् २०१६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले जित हासिल गरेको राज्यमा मात्र जित वा अग्रता लिएका छन् । जबकी २०१६ को निर्वाचनमा ट्रम्पले ३०६ इलेक्टोरल भोट पाएका थिए र राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट भए पुग्छ ।

त्यसैले अघिल्लो निर्वाचनमा जितेका धेरैभन्दा धेरै राज्यलाई आफ्नो पक्षमा पार्न सक्नु ट्रम्पको सफलता हो । मतगणना भइरहको राज्यहरुमा लिएको अग्रता कायम रह्यो भने उनी फेरि राष्ट्रपति बन्ने छन् । तर नर्थ क्यारोलिना, पेन्सिलभानिया लगायतका राज्यमा गणना हुन बाँकी भोटमा पनि पोष्टलमार्फत आएको मतले बाइडनलाई ह्वाइट हाउसमा नपुर्‍याउँदा पनि भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...