हारेपछि ट्रम्पले भने- धाँधली भयो



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबारे प्रश्न उठाएका छन् । उनले दशौं लाख अमेरिकीहरुले आफूलाई भोट गरेको भन्दै केही समूहले उनीहरुको भावनामाथि खेल्न खोजेको आरोप लगाएका हुन् ।

‘दशौं लाख र दशौं लाखले हामीलाई भोट गरेका छन् ,’ ह्वाइटहाउसका प्रतिक्रिया दिँदै ट्रम्पले भने,‘एउटा अति नै दुःखी व्यक्तिहरुको समूहले ती व्यक्तिहरुलाई आफ्नो अधिकारबाट वन्चित गर्न खोजेको छ ।’ उनले तत्कालै मतगणना बन्द होस् भन्ने आफ्नो चाहना व्यक्त गरेका छन् ।

ट्रम्पले आफ्नो अग्रता रहेका राज्यहरुमा तत्कालै आफूलाई विजयी घोषणा गरिनुपर्ने संकेत गरेका छन्, जबकी ठूलो मात्रामा मतगणना हुनै बाँकी छ । ट्रम्पले अघिल्लो साँझ नै विजय घोषणा गर्ने आफ्नो योजना रहेको पनि सुनाएका छन् । ‘हामी ठूलो खुसीका लागि तयार हुँदै थियौं । हामीले सधै जितिरहेका थियौं र अचानक यो सबै रोकियो,’ उनले भने । ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप पनि लगाएका छन् । ‘यो अमेरिकी जनताप्रतिको ठगी हो । यो हाम्रो देशका लागि पीडादायी हो, ट्रम्पले भने,‘खुलस्त भन्नुपर्दा हामीले यो निर्वाचन जितेका थियौं ।’

ट्रम्पले यस्तो दाबी गरिरहेपनि धेरै राज्यहरुबाट अन्तिम मतपरिणाम आउन बाँकी नै छ । जर्जिया, मिचिगन, नेभादा, उत्तरी कारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनलगायत  राज्यको मतगणना सकिनैं बाँकी छ । यसमध्ये धेरैजसो राज्यमा ट्रम्प अगाडि देखिएका छन् ।  यद्यपी, मतान्त निकै साँघुरो भएकाले यी राज्यको पूर्ण नतिजा नआएसम्म कसले जित्न भनेर ठोकुवा गर्न कठिन छ ।

कोरोना भाइरसका कारण यस वर्ष हुलाकमार्फत भोट खसाल्ने मतदाताहरुको संख्या ठूलो देखिएको छ, उनीहरुले निर्वाचन मितिभन्दा केही दिनअघि नै भोट खसालेका थिए । यद्यपी, निर्वाचन सकिएपछि मात्रै उनीहरुको मतगणना हुन्छ । उनीहरुको मतगणना गर्न समय लागेकाले केही राज्यको अन्तिम मतपरिणाम आउन पनि ढिलाई भएको हो । ती मतदाताको प्रभाव निर्वाचनमा ठूलो पर्नसक्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...