अहिले मैले राजीनामा किन दिने ? दिन्नँ : ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

“बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर,” प्रधानमन्त्री ओलीले भने, “अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले मैले राजीनामा दिन्न ।” उनले बाहिर के तयारी भइरहेको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

“बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,” उनले भनेका छन्, “तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् । धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।”

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...