सर्वोच्च अदालत जान्छु – डोनाल्ड ट्रम्प



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेको राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन्।

ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै  ट्रम्पले अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्।

‘हामी अमेरिकाको सर्वोच्च अदालत जाँदैछु। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं। बिहान ४ बजेपछि उनीहरूले कुनै पनि मतपत्र फेला पारेर जोडून् भन्ने हामी चाहन्नौं,’ उनले भने।

उनले त्यसो गर्ने अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको बताएका छन्।

‘हामीले चुनाव जित्नै लागेका थियौं।  खासमा भन्दा हामीले चुनाव जितिसकेका थियौं।  त्यसैले अब हाम्रो लक्ष्य इमानदारीलाई जोगाउनु हो,’ उनले भने।

ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन।

चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ। ट्रम्प र   डेमोक्र्याटिक उम्मेद्वारबीच अहिले पनि कडा टक्कर छ भने पेन्सिलभेनियालगायत केही ठूला राज्यमा मतगणना भइरहेको छ।

यसअघि समर्थकहरूलाई सम्बोधन गर्दै बाइडेनले पनि आफू चुनाव जित्ने बाटोमा रहेको दाबी गरेको बताएका थिए।

दुबै उम्मेदवारले आफूले जित्ने दाबी गरे पनि लाखौं मतदाताले हुलाकबाट मत हालेका अन्तिम मत परिणाम आउन अझै केही समय लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...