सर्वोच्च अदालत जान्छु – डोनाल्ड ट्रम्प



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेको राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन्।

ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै  ट्रम्पले अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्।

‘हामी अमेरिकाको सर्वोच्च अदालत जाँदैछु। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं। बिहान ४ बजेपछि उनीहरूले कुनै पनि मतपत्र फेला पारेर जोडून् भन्ने हामी चाहन्नौं,’ उनले भने।

उनले त्यसो गर्ने अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको बताएका छन्।

‘हामीले चुनाव जित्नै लागेका थियौं।  खासमा भन्दा हामीले चुनाव जितिसकेका थियौं।  त्यसैले अब हाम्रो लक्ष्य इमानदारीलाई जोगाउनु हो,’ उनले भने।

ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन।

चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ। ट्रम्प र   डेमोक्र्याटिक उम्मेद्वारबीच अहिले पनि कडा टक्कर छ भने पेन्सिलभेनियालगायत केही ठूला राज्यमा मतगणना भइरहेको छ।

यसअघि समर्थकहरूलाई सम्बोधन गर्दै बाइडेनले पनि आफू चुनाव जित्ने बाटोमा रहेको दाबी गरेको बताएका थिए।

दुबै उम्मेदवारले आफूले जित्ने दाबी गरे पनि लाखौं मतदाताले हुलाकबाट मत हालेका अन्तिम मत परिणाम आउन अझै केही समय लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...