काठमाडौं मागी खानेहरुको सहर होईन : मेयर शाक्य



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् ।

अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाएका छन् । महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक्न भनेपछि चौतर्फी आलोचना भइरहेको छ ।

मेयर शाक्य बुधबार पत्रकार सम्मेलन गरी फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाटै गुनासो आएको बताए । ‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’ उनले भने । त्यसका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

मेयर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफ्नो मान्यता भएको समेत बताए । सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने र गरी उनीहरुकै कथा–व्यथा बेचेर काठमाडौं मागीखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामर्थ्य र सिपको आधारमा रोजगारी दिने उनले बताए । जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ अनुसार सातामा कम्तीमा दुई दिन ज्यालादारीमा सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास,सरसफाई तथा फोहोरमैला व्यवस्थापन लगायतका काम दिने उनले बताए । मेयर शाक्यले भने, कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही महानगरवासी हुनुहुन्छ भने आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्नुस्, भोकै बस्न नपर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध छ ।’

अहिले लकडाउन पनि नभएकाले सबैले समन्वय गरे समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था गर्न सकिने उनले बताए । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’ काठमाडौंका मेयर शाक्यले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...