पाइला पाइलाको खबर छ प्रधानमन्त्रीलाई



हाम्रो इकोनोमि

 

कुरा सानो भनेर के गर्नु, प्रधानमन्त्री बालुवाटार बसेरै सिंहदरबारको घुनपुत्लो केलाउनमा खप्पिस भएपछि †
यस्तै देखियो केही समयअघिको मन्त्रिपरिषद् बैठकमा । उहाँले भन्नुभयो, ‘कुलमान घिसिङलाई विद्युतमा नियुक्त हुन दिएन भन्ने बाहिर होहल्ला गराएर, त्यसको तीर–निशानाचाहिँ आफ्नो मन्त्रालयको सचिवालयबाट वक्तव्य जारी गराएर मतिर सोझ्याउने ?’

यो प्रहार थियो, उर्जामन्त्री वर्षमान पुनलाई । प्रधानमन्त्रीले यसरी ठाडै टिप्पा दिएपछि वर्षमान लल्याकलुलुक नहुने कुरै भएन । उनको जवाफ थियो, ‘मैले जवाफ दिँदादिँदा थेग्न सकिन सम्माननीयज्यू । प्रस्ताव त पठाएकै थिएँ नि † हजुरलाई जो उपयुक्त लाग्छ, उसैलाई नियुक्त गरे पनि भयो । तर, यति लामो समय त्यो ठाउँ खालि राख्न भएन ।’
प्रधानमन्त्रीको जवाफ थियो, ‘बनाउनु भएकै छ नि ! एउटा जुनियरलाई निमित्त दिएर राख्नुभएकै छ । चलोस् न त यसैगरी । हेरौँ न, कति दिन चल्दो रहेछ †’

यो गलफत्ति थियो, नेपाल विद्युत प्राधिकरणबारे । प्राधिकरणको विनियमावलीमा कार्यकारी निर्देशक, अध्यक्ष वा प्रवन्ध निर्देशकको पद रिक्त भयो भने वरिष्ठतम्मध्येलाई कायममुकाय मुकर्रर गर्न पाइने उल्लेख छ । कुलमान घिसिङको पदावधि समाप्त भएपछि त्यहाँका सेकेण्डम्यान बाहिर कतै अर्को परियोजनामा कार्यरत हुँदा उनीभन्दा कनिष्ठ व्यक्तिलाई कामु कार्यकारी निर्देशक दिइएको छ । यी सबै कुराको सूक्ष्म सूचना पनि प्रधानमन्त्रीले राख्ने गर्नुभएको रहेछ भन्ने कुराको खुलासा मन्त्रिपरिषद्को उक्त बैठकमा भएको हो ।

उता, बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन । असोज–कात्तिकमै रुख गणना गर्ने र काट्ने कामका लागि टेण्डर खोल्नेसमेत योजना थियो । तर, मन्त्रीले बैठक राख्न खोज्यो, अकस्मात् रोकिन्छ । उता, विमानस्थल बन्ने भनिएको जंगल र वरपरका आवादी जमिनको भाउ आकाशिएर उल्का भइसक्यो । देशभरिका जग्गा दलालहरू सिमरा, निजगढ, कोल्हवी, टाँगिया बस्तीतिर छाप्छाप्ती छन् । यता, रुख गणना गरौँ, काट्ने टेण्डर खोलौँ भन्ने कुरामै अप्ठेरो आएपछि त्यहाँका जमिनमा ‘जद’ मार्फत भइरहेका अर्बौंको लगानी के हुन्छ ?
त्यस्तै, प्रकृति संरक्षण कोषको सदस्य सचिव दुई वर्षदेखि रिक्त छ । त्यहाँ मन्त्रीले एकथोक चाहने, प्रधानमन्त्रीले त्यो कुरा नमान्ने भइरहेको छ ।

कृषि मन्त्रालयअन्तर्गतका १०–११ वटा नियुक्ति त्यत्तिकै अलपत्र छन् ।
यसरी ठाउँ–ठाउँका नियुक्ति नमिलेको अवस्था छ । लुम्बिनी विकास कोषको सदस्य सचिवमा लामो समयपछि सानुराजा शाक्यले नियुक्ति पाएका छन् । उनी पूर्वएमाले भए पनि संघीय समाजवादीतिर गएर फर्किएका हुन् । उनका दाजु केशवमान शाक्य नेवाः राष्ट्रिय पार्टीका अध्यक्ष र बाबुराम भट्टराईको कार्यकालमा विज्ञान मन्त्री थिए ।

नियुक्तिमा प्रधानमन्त्री र मन्त्रीहरूबीच कुरा मिलेको छैन । प्रत्येक मन्त्रालयअन्तर्गत हुने विभिन्न नियुक्तिका लागि बालुवाटारबाट नामहरू गएका छन् । अनि, जताततैका नियुक्ति रोकिने गरेको छ । संवैधानिक अंगहरूमा त्यस्तै छ । कहिले प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा पनि बैठक बस्न सक्नेगरी कानुन संशोधन हुन्छ त कहिले सभामुखलाई फकाउनु, मनाउनुपर्ने बाध्यता रहन्छ । संवैधानिक परिषद्को सदस्य रहने उपसभामुख पद त्यसै पनि रिक्त छ ।

जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...