ठमेल, क्षेत्रपाटीका १८ मसाज पार्लरमा छापा, हाकिमका पत्नीहरू खोरमा



हाम्रो इकोनोमि

 

प्रहरीको अप्ठेरो कस्तो छ भने, मसाज पार्लरमा छापा हान्यो, हाकिमकै श्रीमती थुनिने ।
कोभिड संक्रमणको कारण सरकारले खोल्नमा बन्देज लगाएका मसाज पार्लरहरू खुलेआम सञ्चालन भइरहेको सूचनाका आधारमा आइतबार प्रहरीले अपरेशन चलायो । त्यसक्रममा ठमेल, क्षेत्रपाटीका १८ वटा मसाज पार्लर खुला थिए । प्रहरीले सबैलाई समातेर हिरासतमा राख्यो । तीमध्ये तीनजना प्रहरी परिवारकै सदस्य परे । एक जना थिइन्, सरिता (नाम परिवर्तन) ।

केही समय सोह्रखुट्टे र भर्खरै कालिमाटी बृत्तबाट सरुवा भएका पाल थरका इन्स्पेक्टरकी पत्नी हुन् । उनलाई छुटाउन बहालवाला एसएसपीदेखि थुप्रै डिएसपीले प्रहरीलाई दबाब दिँदा ठमेलका डिएसपी रनभुलमा छन् । अर्की थिइन्, क्षेत्रपाटी र नरदेवी बीचको गल्लीमा मसाजको बोर्ड राखेर अन्य क्रियाकलाप सञ्चालन गर्ने महिला । उनी आफूलाई भूपूडिएसपीकी पत्नी भन्दै थिइन्

। प्रहरीका पत्नीमात्रै भए त केही थिएन । एक त सरकारले खोल्न अनुमति नदिएको मसाज पार्लर खुलेको, अर्कोतिर सेवाग्राहीका रुपमा सेना–प्रहरी नै बढी जाने कुराले टाउको खान थालेपछि प्रहरीलाई आपत प¥यो । आइतबार दिउँसो समातिएका उनीहरू सोमबार बिहानै हाजिर जमानीमा छुटेका छन् ।

लामो लकडाउन, पतिको कमाइले घरखर्च नचल्ने, पढालेखा महिलाले गृहिणी भएर घरमै बसिरहन पनि मन नलाग्ने, श्रम गरेर दुई÷चार पैसा कमाउन सकिए केटाकेटीको पढाइ खर्चलाई पनि भरथेग हुने समस्या त यहाँनेर पनि छ किनकि नेपालमा रोजगारीको उपयुक्त अवसर छैन ।

जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...