‘र’ प्रमुख आउनुको यो पो हो रहस्य ?



हाम्रो इकोनोमि

 

‘यो तालले पार्टी सिध्याउन लाग्नुभयो, ध्वस्त पार्न लाग्नुभयो †’
माधव नेपालले भन्दै जानुभयो, ‘हामीले केमा अप्ठ्यारो पा¥यौँ ? जे गर्न मन लाग्यो, छूट दिएकै छौँ । तपाईंका हरेक गतिविधिमा आँखा चिम्लिएकै छौँ । जथाभावी नियुक्ति गर्नुभएकै छ । सहमति तोड्नुभएकै छ । हामीबाट पार्टीलाई अहित हुने कामचाहिँ भयो के ?’

यसरी प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा फेरि पनि भन्नुभयो, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपु¥यायौँ । अब प्रचण्डलाई पार्टी बुझाउने कुरै हुँदैन । उसलाई बुझाउने कुरा सपनामा पनि नचिताए हुन्छ ।’

माधव नेपाललाई फकाउने नाममा प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डको राम्रैसँग बद्ख्वाइँ गर्नुभयो । ‘र’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणबारे पनि जमेरै छलफल भयो । माधवले भन्नुभयो, ‘तपाईंले यो ठीक गर्नुभएन । म प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेको मान्छे । यो रुपमा, खुल्लमखुला पार्टीको हुर्मत लिने काम राम्रो भएन । हिजो जसरी आफूलाई मेन्टेन गरिरहनुभएको थियो, जुन इमेज बनाइरहनुभएको थियो, सोच्नुभएको छ, यो भ्रमणपछि तपाईंको इमेज कस्तो भयो ? मान्छेहरूले तपाईंबारे के धारणा बनाएका छन् ? बुझ्नुभएको छ ?’ माधवले भन्नुभयो, ‘आज भारतीय गुप्तचर प्रमुखसँग यसरी भेट्नुभयो । भोलि पाकिस्तानी आइएसआईका प्रमुख आउलान् । के तिनलाई त्यसरी नै भेट्नुहुन्छ ? भोलि अमेरिकाबाट सिआइएका प्रमुख आउलान् । के त्यसरी नै भेट्ने अवसर दिनुहुन्छ ? चीनका गुप्तचरहरू आउलान् । के त्यो बेलामा एकदमै हार्दिकताका साथ के–के न गरेझैँ गर्नुहुन्छ ? त्यसैले यो काम राम्रो भएन ।’

माधवको भनाइ थियो, ‘तपाईंलाई जे गर्न मन लाग्यो, त्यही गर्ने ? मलाई केही पनि चाहिँदैन । तपाईंको आश्वासन पनि चाहिएन । केही दिनै पर्दैन । मैले प्राप्त अवसरहरू पहिल्यै सदुपयोग गरिसकेको छु । कहिले वामदेवलाई, कहिले प्रचण्डलाई आश्वासन दिनुहुन्छ । यस्तो काम बन्द गर्नुस् । विधि, प्रक्रिया र नीतिमा चल्नुस् । तपाईंले सबै कुराको ख्याल गर्नुभएको छैन । यसले राम्रो गरेको छैन, गर्दैन । यो तरिकाले पार्टी कहीँ पनि पुग्दैन । बिल्कुलै राम्रो काम भएन ।’
प्रधानमन्त्रीले ‘र’ प्रमुखसँगको भेटबारे स्पष्ट पार्नुभयो, ‘मोदीजीले एकजना मान्छे पठाउँदै छु भन्नुभयो । को हो भनेर सोधिखोजी गर्ने कुरा पनि भएन । आएपछि पो थाहा भयो, ‘र’ का प्रमुख पो रहेछन् ।’

यो कुरालाई टिप्पा दिँदै माधव नेपालले भन्नुभयो, ‘यस्ता केटाकेटी कुरा नगर्नुस् । केही नबुझ्ने, केही नजान्नेजस्तो ढाँट, छल र कपटका कुरा गरेर केटाकेटी पारा नदेखाउनुस् । त्यो सुनियोजित भेट थियो । त्यसले के सन्देश दिन खोजेको छ भन्ने कुरा पनि छर्लङ्गै छ ।’

ओलीले सीमा विवाद वार्ताबाट सुल्झाउने कुरा भएको र परिणाम पनि राम्रै आउने आशा रहेको बताउनुभयो ।
ओलीले पटक–पटक माधवसँग सहकार्यका लागि आग्रह गर्नुभयो । अनि, त्यति नै प्रचण्डको बदख्वाइँ गरिरहनुभयो । माधवले भन्नुभयो, ‘हामीबाट के असहयोग भयो ? मनखुशी गर्नुभएकै छ । चाहेअनुसार हरेक निर्णय लिइरहनुभएकै छ । हामीले अरु के भनेका छौँ, विधि प्रक्रियामा जाऔँ भनिएको होइन र ?’ जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...