कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।

केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए ।

तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा उनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए ।

उनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीका साथै पहिलो संविधानसभामा संविधानसभा सदस्य बनेका थिए । केसी रारा चाउचाउ, जलविद्युत्लगायत विभिन्न व्यापार व्यवसायमा सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ ।

उनको आजै अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...