रौतहटका सिडियो यादवले भने विद्युत चुहावट तत्काल रोक्नुस



हाम्रो इकोनोमि

 

रौतहटमा छिनछिनमा बत्ती आउने जाने अत्यधिक गुनासो भएपछी रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहल गरेर समस्याको समाधान निकालेका छन् ।

आइतबार सिडियो यादवको अध्यक्षतामा बसेको विद्युत आपूर्ति सम्बन्धि समन्वय बैठकले समस्या समाधान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । विद्युत चुहावट, तारमा परालको समस्या, हुकिङले तार शट हुने, ट्रान्सर्फमरमा अनावश्यक भार हुने, पुरानो तार भएको तथा मर्मतका लागि लाइन काट्नुपर्ने भएकोले छिनछिनमा बत्ति आउने जाने समस्या आएको बैठकको ठहर छ । हुकिङ र चुहावट रोक्न विद्युत प्राधिकरणको गौर, चन्द्रपुर र मौलापुर वितरण केन्द्रलाई जिम्मेवारी दिइएको छ ।

विद्युत तारमा पराल पर्न नदिने हिसाबले धान दाई गर्न प्रचार गर्न, मर्मत सम्भारलगायतका काम गर्दा पूर्व सुचना दिन र विद्युत अवरुद्ध हुन नदिनजस्ता निर्देशन दिइएको छ । त्यस्तै विद्युत चुहावट रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल परिचालन गर्ने एवम् बिहान बेलुका सडक बत्ती बाल्ने र निभाउने काम सम्बन्धित स्थानीय तहले गर्नुपर्ने बैठकले निर्णय गरेको हो ।

रौतहटमा लाइन कट्ने समस्या छिटै पूर्ण रुपमा समाधान हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनले सरोकारवाला निकाय, जनप्रतिनिधि एवम् नागरिकले आ(आफ्नो ठाउँमा समन्वयकारी भुमिकामा रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...