घडियाल गोहि संरक्षण तथा उद्दार अभिमुखिकरण कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

संरक्षणका लाई एकता नेपालले सौराहामा एक दिने घडियाल गोहि संरक्षण तथा उद्दार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिजो सौराहाको NTNC हलमा भएको एक दिने कार्यक्रम सम्पन्न गरेको सस्थाका अध्यक्ष बिमलकान्त डल्लाकोटीले जानकारी दिनुभयो । सस्थाका अध्यक्ष बिमलकान्त डल्लाकोटिको अध्यक्षतामा भएको कार्यक्रममा चितवन रास्टृय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणराज बराल प्रमुख अतिथि रहनुभएको थियो भने स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष यमबहादुर लामाले गर्नुभएको थियो । कार्यक्रम संचालक/सहजकर्ताको रुपमा सहायक संरक्षण अधिकृत अभिनय पाठकले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले गोहि संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तराई भु-परिधी कार्यक्रम तालका सहजकर्ता एबम पुर्ब वाडेन डा.रामप्रीत यादब , NTNC सौराहाका डा.बाबुराम लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्नुहुदै सस्थाका अध्यक्ष बिमलकान्त डल्लाकोटीले राप्तीमा घडियाल गोहि संरक्षकण र जनसहभागितामा कसरी बिस्तार गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम गरिएको बताउनुभयो । सस्थाले एक बर्षसम्म्न घडियाल गोहि संरक्षणका विभिन्न कार्यक्रम गरिनेपनि सो अबसरमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सस्थाले रास्टृय निकुञ्ज सग नजिक रहेका समुदायलाई लक्ष्यित गरि प्रत्यक्ष जिबिकोपार्जनका निमित्त विभिन्न कार्यक्रमपनि संचालन गरिने कार्यक्रममा जानकारी गराइएको थियो । पुर्बी चितवनका विभिन्न उपभोक्ता समिति सग सहकार्य गरेर प्रत्यक्ष जनतासग जोडिने आर्थिक उपारर्जन रु १ लाख बराबरको कार्यक्रम गरिने अध्यक्ष डल्लाकोटीले जानकारी दिनुभयो । जनताको आबश्यकता लाई मध्यनजर गर्दै कार्यक्रम ल्याइने डल्लाकोटीले जानकारी दिनुभयो । सस्थाले घडियाल गोहि , अजिङ्गर कसरी समात्ने भन्ने बिसयमा तालिमपनि दिएको थियो । तालीममा ५८ जनाको सहभागीता रहेको थियो ।

विषय विशेषज्ञ डा. सुनिल पौडेलले विभिन्न अतिथि र सहभागीहरुलाइ तालीम प्रदान गर्नुभएको थियो । घडियाल गोहि समात्न प्रयोगहुने त्यारि जालको प्रयोग र उपभोक्ताहरुलाई पनि सचेत र महत्त्वको बारेमा प्रकाश पारिएको थियो । जाल बेच्ने ब्यापारीहरुलाई समेत यसको उपयोगिताको बारेमा जानकारी दिइएको थियो । सस्थाले विभिन्न बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत घडियाल गोहिको बारेमा सचेतना अभियान र जनचेतना कार्यक्रमपनि संचालन गर्ने अध्यक्ष डल्लाकोटिले बताउनुभयो । सस्थाले हरेक बर्ष विभिन्न संरक्षकणका कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...