कांग्रेस नेता विश्वकर्माको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना संक्रमणबाट ग्रसित उनलाई निमोनिया समेत भएको बताइएको छ ।

कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै थिए । करिब एक साताअघि देखि उनलाई ग्राण्डी अस्पतालमा राखेर उपचार गरिइरहेको छ । आईसीयूमा उपचार भैरहेका उनको अवस्था थप बिग्रेपछि शनिबारबाट उनलाई भेन्टिलेटरमा राखिएको उनको परिवार निकटका स्रोतले बताए ।

विश्वकर्मालाई ज्वरो र स्वासप्रश्वासको पनि समस्या देखिएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रेका कारण भेन्टिलेटरमा सार्नुपरेको अस्पतालले जनाएको छ।

विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई आग्रह गरेको छ।

कांग्रेस सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई शनिबार टेलिफोन गरी विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...