कांग्रेस नेता विश्वकर्माको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना संक्रमणबाट ग्रसित उनलाई निमोनिया समेत भएको बताइएको छ ।

कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै थिए । करिब एक साताअघि देखि उनलाई ग्राण्डी अस्पतालमा राखेर उपचार गरिइरहेको छ । आईसीयूमा उपचार भैरहेका उनको अवस्था थप बिग्रेपछि शनिबारबाट उनलाई भेन्टिलेटरमा राखिएको उनको परिवार निकटका स्रोतले बताए ।

विश्वकर्मालाई ज्वरो र स्वासप्रश्वासको पनि समस्या देखिएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रेका कारण भेन्टिलेटरमा सार्नुपरेको अस्पतालले जनाएको छ।

विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई आग्रह गरेको छ।

कांग्रेस सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई शनिबार टेलिफोन गरी विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...