गरिब परिचयपत्र वितरण सकियो, काम नगरी खान पाँउने को – को



हाम्रो इकोनोमि

 

सरकारले आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान गरि परिचयपत्र वितरण गरिसक्ने बताएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय गरेको हो ।

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको काम सक्नेगरी आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने भएको छ । त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने छ ।

साथै गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको काम सम्पन्न गर्ने कार्ययोजनासहितको तालिका एक साताभित्र तयार गर्ने भूमिव्यवस्था मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको हो ।

उनले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्याउने बताए ।

गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमको प्रभावकारिता बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...