दशैै, इतिहास र बुझाई – वामदेव गौतम



 

नेपालमा दसैंलाई अन्नको पर्व, मातृशक्तिको सम्मान, उत्पादन र सुरक्षाका साधनहरूको व्यवस्थापन तथा रामायणका मुख्य पात्र श्रीरामको विजय गाथासँग सम्बन्धित बनाएर हरेक वर्ष आश्विन शुक्ल पक्ष दशमी तिथिमा धुमधामसँग मनाइन्छ । नेपालका राजाहरूले हिन्दूधर्मलाई राजधर्म बनाएका र तदनुरूप दसैंंलाई हिन्दू पर्वका रूपमा मनाउन थालेका हुनाले यसलाई इतर धर्मावलम्बीले विरोध गर्ने चलन पनि भएको पाइन्छ । उपर्युक्त सबै पक्षको विश्लेषण गरेर यसको ऐतिहासिकता पत्ता लगाउनुपर्ने देखिन्छ । वास्तवमा नेपाली इतिहासविद्हरूका निम्ति यो धेरै महत्वपूर्ण अभिभारा हो । तर, यतातिर उनीहरूको ध्यान जान सकेको देखिन्न ।

यो दसैं पर्वमा धेरै सन्दर्भ जोडिएको देखिन्छ । ती सबैका छुट्टाछुट्टै उद्गम र विकासको इतिहास रहेको देखिन्छ । सबै पक्ष महत्वपूर्ण देखिए पनि यसमा सबभन्दा महत्वपूर्ण मैले अन्न पूजालाई ठानेको छु । त्यसपछि हातहतियार र दुर्गा पूजा महत्वपूर्ण देखिन्छ । रामायण र रामको गाथामा हिन्दू धर्मावलम्बीहरूको जतिसुकै भावना जोड्ने कोसिस गरिए पनि त्यसको ऐतिहासिकता पुष्टि हुन आजसम्म पनि सकेको छैन ।

आर्य र हिन्दूलाई एउटै ठान्ने कतिपय व्यक्ति पाइन्छन् आर्य अहिले मानव जातिभित्रको एक मुख्य महाजाति हो । यो जाति अहिले संसारभरि फैलिएको छ । यसको नाम पहिले कासी अनि खासी र खस हुँदै भारतीय उपमहाद्वीपमा प्रवेश गरेपछि आर्य नामकरण भएको मानिन्छ । सिन्धघाटीमा बसोवास गर्ने आर्य समुदायलाई सिन्धु भनिन्थ्यो । इरानी भाषामा स को उच्चारण नभएको हुनाले त्यहाँका मानिस सिन्धुलाई हिन्दू नामकरण गरे । कालान्तरमा सबैले हिन्दू नै भन्न थाले ।

खासगरी सिन्धु नदी पार गरी पूर्वमा बसोवास गर्ने सबै आर्य हिन्दू भए । इशाको सातांै शताब्दीमा आद्य शंकराचार्यले सनातन धर्मको नाम परिवर्तन गराई हिन्दू धर्म नामकरण गराए । घुमन्ते खस जाति ईपू दुई सहश्राब्दी पहिले कृषि उत्पादनमा प्रवेश गरेपछि आर्य नामकरण भएको मानिन्छ । आर्य संस्कृत शब्द हो । यसको अर्थ हो हलो जोतेर कृषि उत्पादन गर्ने सम्मानित व्यक्ति । पछि उनीहरूले आर्य शब्दको परिभाषा सर्वश्रेष्ठ भन्ने गरे । ई.पू. १० हजार वर्षभन्दा पहिले आर्यहरू काश्पियन सागरको किनारमा पुगेका थिए । त्यहाँ उनीहरूले ठुल्ठूला लडाइँ लड्नुप¥यो । लडाइँमा पुरुषहरूको नेतृत्व स्थापित हुन थाल्यो ।

त्यहीदेखि आर्य समाजमा पितृसत्ता स्थापित भएको मानिन्छ । तैपनि, पछिसम्म समाजमा महामाताहरूको स्थान सर्वोच्च रहनुथ्यो । लाखौं वर्षसम्म आर्य जाति मातृप्रधान थियो । त्यसवेलाका सर्वश्रेष्ठ महामाताहरूको सम्मान आज पनि ईश्वरीय शक्तिका रूपमा दुर्गा भवानी, काली, चण्डी आदिको नाममा गरिन्छ । तिनै महामाताहरूलाई नवदुर्गा भनेर ९ दिनसम्म हरेक वर्ष पूजा गरेर सम्झना गरिन्छ । यो बडादसैंको एउटा सन्दर्भ भयो । प्राचीनकालदेखि नै उत्पादनका साधन तथा आफ्नो र समुदायको सुरक्षाका लागि हतियारलाई ठूलो महत्व दिइन्थ्यो र आज पनि महत्वपूर्ण भइरहेकै छ । हतियारको संकलन संरक्षण मातृप्रधान समाजदेखिकै परम्परा हो । त्यसकै निरन्तरताका रूपमा दुर्गा पूजामा हतियारलाई आज पनि समावेश गरिन्छ । बडादसैंको यो अर्को सन्दर्भ भयो । मानव जाति कृषि उत्पादनमा प्रवेश गरेपछि सभ्यताको चरणमा प्रवेश गरेको हो ।

नेपाललगायत भारतीय उपमहाद्वीपमा आर्यहरूको आगमनभन्दा पहिले कृषि उत्पादनमा प्रवेश गरिसकेका द्राविडहरूको वसोवास थियो । उनीहरूले नै कृषिको महत्व स्थापित गर्न विशेष पर्वका रूपमा अन्न पूजाको चलन चलाएका हुन् । पछि आर्यहरू यहाँ प्रवेश गरेपश्चात् त्यसमा केही सुधार गर्दै आफ्नै पर्वका रूपमा यसलाई अरू महत्वसाथ निरन्तरता दिएका हुन् । द्राविडहरूले सामूहिक रूपमा मनोरञ्जन र खानपिनका लागि उत्सवको चलन चलाए । आर्यहरूले त्यसकासाथै चामलको टीका र जमरालाई फूलका रूपमा शिरम सिउरिने चलन चलाए । यो बडादसैंको अर्को सन्दर्भ भयो । अब चौथो सन्दर्भका सम्बन्धमा चर्चा गरौँ । रामायण र श्रीराम आर्य समाजमा चलेको श्रुति महाकाव्य र त्यसका एक मुख्य पात्र हुन् । जसलाई ऋषि वाल्मीकिले देवनागरी लिपि र परिमार्जित संस्कृत भाषामा ईशाको दोस्रो शताब्दीतिर लेखेर जनतासामु पेश गरे ।

अहिले पनि रामायणलाई हिन्दू आर्यहरूले अत्यन्त सम्मानसाथ लिने गर्छन् । तर, रामायणका पात्रहरू र त्यसमा उल्लिखित घटनाको सम्बन्धमा कुनै पुरातात्विक र ऐतिहासिक प्रमाण प्रस्तुत गर्न सकिएको छैन । यसलाई लोकप्रिय संस्कृत साहित्यका रूपमा लिन सकिन्छ । यसमा उल्लिखित घटनामा रहेका अतिरञ्जनालाई हटाएर प्रवृत्तिहरूको वस्तुगत विश्लेषणबाट समाज विकासको कुनै कालखण्डलाई इंगित गर्न सकिन्छ । त्यसरी यसलाई हेर्दा दासयुगकालीन हुन सक्ने अनुमान गर्न सकिन्छ । नेपालमा दासयुग इशाको दोस्रो शताब्दीसम्म रहेको अनुमान गर्न सकिन्छ । यद्यपि, त्यसको अवशेष नेपालमा उन्नाइशौं शताब्दीको मध्यसम्म थियो ।

श्री ३ चन्द्रसमशेर जवराले त्यसलाई उन्मूलन गरेका थिए । अब अन्तिम सन्दर्भबारे चर्चा गरौँ । यसलाई विजयादशमी या बडादशमी भन्ने ? यसको उत्तर सजिलो छ । श्रीराम श्रीलंका गई बाँदरको फौज प्रयोग गरी राजा रावणसँग गरिएको युद्धमा विजय हासिल गरी पुष्पक विमान चढेर फर्केको विश्वास गर्नेहरूले विजयादशमी भने । चन्द्र पात्रोबमोजिम हरेक वर्षमा २४ वटा दसैं रहेका हुन्छन् तीमध्ये अन्न पूजा गरी टीका र जमरा लगाउने दसैंलाई सबैभन्दा ठूलो दसैं मान्नेहरूले बडादसैं भने । मैले भने जहिलेदेखि दसैंको ऐतिहासिकताबारे आफू निष्कर्षमा पुगे त्यसवेलादेखि बडादसैं भन्दै नेपाली जनताको महान् सांस्कृतिक पर्व मान्ने गरेको छु ।

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा