दोहोरो अंकले बढ्यो नेप्से



हाम्रो इकोनोमि

 

साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार ओरालो नेप्से परिसूचक सोमबार भने १३ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय ७० दशमलव ३८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेकका सबै उपससमूहहरुमा हरियाली छाएका छनएका छन् ।

व्यापार भने झिनो अंकले ओरालो लागेर राताम्मे देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगन सकेन ।

दिनभर भएका १५ हजार ४ सय ७८ कारोबारबाट १८९ कम्पनीका ३३ लाख ५३ हजार २ सय १ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ९७ करोड ९० लाख ९४ हजार ४ सय ३ रुपैयाँमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...