सरकारको प्रवक्तामा मन्त्री गुरुङ



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।

प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...