दशैंलाई लक्षित सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु



हाम्रो इकोनोमि

 

सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ ।

दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताइन् ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...