ओली–प्रचण्ड बोलचाल बन्द, दाहालले भने मोरेपनि बालुवाटार जान्न



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता पाँच दिनदेखि रोकिएको छ । गएको २८ असोजमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि रोकिएको ओली–प्रचण्ड भेटवार्ता कहिले हुने भन्ने अन्योल नै छ ।

असोज ६ को सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने गरी मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो । उक्त म्याद गुज्रिसकेको छ । अझ एकताको बाँकी काम टुंग्याउने गरी छलफल सघन हुनुपर्ने बेला राम्रोसँग टेलिफोन सम्वादसमेत हुन सकेको छैन ।

यो पाँच दिनमा हिजो (शनिबार) एक पटक टेलिफोन वार्ता भएको छ । त्यो पनि कर्णालीको विवाद टुंग्याउन भन्दै ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए । तर, प्रचण्डले आफूले छुट्टै कुरा गरिसकेको भन्दै प्रधानमन्त्रीको निवास बालुवाटार नआउने जानकारी दिए ।

विभाजनकै नजिक पुगेर सहमति कायम भएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्नेगरी पार्टी गतिविधि बढाउने निर्णय गरेको छ ।

त्यसका लागि मन्त्रिपरिषद् पुनर्गठनलाई प्राथमिकतामा राखेर ओली–प्रचण्ड बीच छलफल बाक्लिएको थियो । तर, मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले प्रचण्डको सहमति नलिएपछि भेटवार्ता ठप्पै भएको छ ।

प्रधानमन्त्री ओलीले आफू निकट तीन जना (विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ) लाई नयाँ मन्त्री नियुक्त गरेका छन् भने दुई मन्त्री (ईश्वर पोखरेल र पार्वत गुरुङ) को जिम्मेवारी हेरफेर गरेका छन् । भदौ २६ को स्थायी कमिटी बैठकले कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद् पुनर्गठन निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठनबाटै दुई अध्यक्षबीच देखिएको चिसोपनाले एकताका बाँकी कामहरु टुंग्याउँदै एकताको महाधिवेशनसम्म पुग्ने कार्यतालिका भने प्रभावित हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...