सञ्चारमन्त्री गुरुङ र पत्रकारबीच छलफल



हाम्रो इकोनोमि

 

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले संचार क्षेत्रको हित हुने गरी संचार सम्वन्धी नीति, कानून र संरचना निर्माण गरिने बताउनु भएको छ । सञ्चारमन्त्री भएपछि सफल कार्यकाल शुभकामना व्यक्त गर्न सिंहदरवार पुगेको नेपाल पत्रकार महासंघसँगको टोलीसँग उहाले स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पार्नुभयो ।

महासंघको प्रतिनिधि मण्डलले संचारमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले महासंघसहितका सरोकार पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने जानकारी दिँदै महासंघले प्रस्तुत गरेका विषयप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...