अर्थमन्त्रीको पहिलो निर्णय : विश्‍व बैंकको २० करोड डलर सहुलियत ऋण स्वीकार्ने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्।

बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। अर्थमन्त्री पौडेलले मन्त्रालयमा पुगेर पदबहाली गर्दै पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन्।

उनले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ । विश्‍व बैंकबाट २० करोड डलर सहुलियत ऋण स्वीकार्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

मन्त्री पौडेललाई स्वागत गर्न अर्थसचिव शिशिर कुमार ढुङ्गाना, राजश्‍व सचिव रामशरण पुडासैनीसहितका कर्मचारी उपस्थित थिए। पदभारपछि मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन समेत दिएका छन् । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि उनिअर्थमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...