अर्थमन्त्रीको पहिलो निर्णय : विश्‍व बैंकको २० करोड डलर सहुलियत ऋण स्वीकार्ने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्।

बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। अर्थमन्त्री पौडेलले मन्त्रालयमा पुगेर पदबहाली गर्दै पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन्।

उनले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ । विश्‍व बैंकबाट २० करोड डलर सहुलियत ऋण स्वीकार्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

मन्त्री पौडेललाई स्वागत गर्न अर्थसचिव शिशिर कुमार ढुङ्गाना, राजश्‍व सचिव रामशरण पुडासैनीसहितका कर्मचारी उपस्थित थिए। पदभारपछि मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन समेत दिएका छन् । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि उनिअर्थमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...