थप २,६३८ जनामा कोरोना, २,१७४ जना डिस्चार्ज



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा देशभर थप २,६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २,६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । उनीहरुमध्ये ६७५ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ९४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा। गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २,१७४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ४ हजार ६६६ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...