अगाडि नै दशैं बिदा दिने प्रस्ताव अस्वीकृत



हाम्रो इकोनोमि

 

कर्मचारीलाई बिदा दिएर सेवाग्राहीका काम थपिने मात्रै हो । असन, इन्द्रचोकमा भीडभाड भएकै छ । अफिसमात्रै बन्द गरेर के हुन्छ ?’
सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण व्यवस्थापन उच्चस्तरीय कार्यदल (सिसिएमसी) ले पर्सि कात्तिक १ गतेदेखि उपत्यकामा लकडाउनसरहको व्यवस्था गर्न सबै कार्यालयलाई दशैंका नाममा घटस्थापनादेखि नै बिदा दिने प्रस्ताव लग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले माथिका भनाइ राख्दै अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्रीको चाहना थियो, सकभर दशैं मान्ने नाममा काठमाडौंबाट मानिसहरु देशका विभिन्न भागमा नजाउन् । काठमाडौंमा भयावह बनेको कोभिड संक्रमण फैलिएर दूरदराज गाउँहरु प्रभावित भएमा त्यसले निम्त्याउने स्थिति झन् कहालिलाग्दो हुने उहाँको धारणा थियो । बरु, काठमाडौं छिर्ने र भारतीय सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने कुरालाई निरन्तरता दिऔँ भन्नेमा जोड रह्यो ।

बरु, सिसिएमसीको पछिल्लो बैठकमा स्वास्थ्य मन्त्रालयले दिनको ९० हजारसम्म संक्रमित व्यक्ति पुग्नसक्ने डरलाग्दो आँकडा पेश गरेको छ । इटालीको जस्तो भयावह अवस्था नेपालका निम्ति टाढा नभएको भन्दै देशभर कम्तिमा पनि पाँच लाखसम्म संक्रमित पुग्ने अनुमान पेश भएको थियो । त्यसमाथि हाम्रो काम गराई नै कतिसम्म उल्टो छ भने, तीन महिना लगातारको लकडाउनमा स्वास्थ्य पूर्वाधारका कुनै काम भएनन् । अहिले काठमाडौंमा महामारी फैलिएपछि भएभरका सरकारी अस्पताललाई कोभिडका रुपमा कायम गर्न निर्देशन जारी भएको छ । जबकि, अस्पतालहरुमा उपकण अभाव शुरु भइसकेको धेरै भएको छ ।

विश्व स्वास्थ्य संगठनमा दोस्रो वरियताका हाकिम डा.नभारोले भनेकै छन्, ‘लकडाउन भनेको तयारीको लागि हो, उपचारका लागि होइन ।’ उनका अनुसार, कोरोनाको कारण विश्वमा गरिबको संख्या दोब्बर पुग्नेछ ।
सोमबारको मन्त्रिपरिषद्मा कोभिड संक्रमणबाट छिट्टै पूर्ववत् अवस्थामा फर्किएका पर्यटनमन्त्री योगेश भट्टराई सहभागी भएनन् । उनको कोभिड परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि केही दिन घरमै आराम गरिरहेका छन् । कोभिड देखिएकै कारण अस्पतालमा उपचार गराइरहेका शिक्षामन्त्री गिरिराजमणि पौडेल पनि सोमबारको बैठकमा गएनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी अहिले अस्पतालमा छन् । उनी कोभिड संक्रमित भएका छैनन्, पेटको समस्याका कारण अस्पताल गएका हुन् ।

सोमबारको बैठकमा नेपाल सरकारका दुई सचिवले राजीनामा दिए । अवकास हुन लागेका सचिवहरु राजेन्द्र भारी (कृषि) र …….खनालले दिएको राजीनामा स्वीकृत भएको छ ।
त्यस्तै, साउन ३ गते सुनसरीमा गोली लागी निधन भएका एकजनाको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको छ । हरिनगरा– ७ जटबरामा सशस्त्रले चलाएको गोली लागेरसुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका थिए । सोही घटनामा देवानगञ्ज–२ का २३ वर्षीय पिन्टु यादव र राजेश यादव पनि घाइते भएका थिए । सहजबको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएपछि सरकारले उपचार खर्च साढे चार लाख व्यहोर्ने निर्णय गरेको हो । जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...