जब पारशले मुक्का बर्साउन थाले……..



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए । प्रभाकरले सोचेका थिएनन्, पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहीमाथि जाइलाग्छन् †
घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भनेअनुसार पारसले त्यसै गरे । पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउनेबित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ भनिदिएको छु ।’ फोनमा यति–उति पैसा भन्ने तय भएको थिएन, पारसले पनि सोधेनन् । सीधै लेकसाइडस्थित फिस्टेल लजको काउन्टरमा पुगे । त्यहाँ थिए, म्यानेजर । पारसलाई देख्नेबित्तिकै उनले एउटा कागजमा बेरेर राखिएको मुठो दिए । पारसले कागज खोलेर हेरे, एक–एक लाखको दुईवटा गड्डी देख्नासाथ मुख बिगारे ।

अनि, आफूमाथि अपमान भएको भन्दै म्यानेजरलाई मुक्का बर्साउन थाले । उनको नाकबाट रगत बग्यो । पारस पैसा त्यहीँ फ्याँकेर निस्किए । अनि, म्यानेजरले प्रभाकरलाई फोनमा यस्तो घटना सुनाए । सुन्नासाथ प्रभाकरले मुख बिगारे, तर जवाफ दिएनन् । किनभने, उनले फोन रिसिभ गरिरहँदा अगाडि पञ्चायतकालिन दुई जना मन्त्री थिए । त्यसपछि प्रभाकर केही पर, एकान्तमा पुगे । लगभग १०–१५ मीनेट कोहीसँग फोनमा कुरा गरेर साथीहरू भएको ठाउँमा फर्किए । त्यसबेलासम्म पनि उनको अनुहार राम्रोसँग खुल्न सकेको थिएन । त्यहाँ बस्नेहरूको अनुमान थियो– कि त प्रभाकरले ज्ञानेन्द्रलाई फोन गरेर पारसको हर्कतबारे सुनाए । कि, फेरि फिस्टेलमा फोन गरेर पारसले भनेजति पैसा दिन लगाए ।

यसरी पारसलाई पैसा चाहिँदा साथीलाई भनेर दिलाए पनि पूर्वराजा ज्ञानेन्द्रको मनमा छोराप्रतिको माया भने औपचारिक मात्र हो, भित्रदेखि होइन । मानौँ, कसैले राजसंस्था फर्काइदिएछ भने पनि पारस फेरि युवराज नहुने पक्का नै छ । पत्नी हिमानीसँगको सम्बन्ध पनि औपचारिकमात्रै हो । काठमाडौैं आएको बेला छोराछोरी त भेट्छन्, तर पत्नी र बाबुहरूसँग बस्दैनन् ।

उता, ज्ञानेन्द्रमा भारतप्रतिको भरोशा घटेको छ । आजभन्दा १२ वर्षअघि भारतलाई सकेसम्म किन चिढ्याउनु भन्ने ज्ञानेन्द्र आजकल भारतीय बेवास्ताको कारण निराश छन् । जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...