कर्णालीमा दाहाल– नेपाल समीकरणः खुर्सानीको बोटमा पिङ मच्चाउने प्रयास
राजधानीमा दिनहुँ भेटेर प्रधानमन्त्रीसंग सल्लाह गर्ने नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको रुप सोमबारबाट फेरिएको थियो।
उनी ओलीलाई छोडेर सोमबार र मंगलबार पुरै वरिष्ठ नेता माधव नेपालसंग समर्पित भएका थिए। यसको एउटै कारण थियो – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै सभासदहरुले थापेको एम्बुस।
पार्टी भित्र भागबण्डा मिलाउदा ७ प्रदेश मध्ये दुई प्रदेशको मुख्यमन्त्रीमा कुरा मिलेको थियो ,अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको। सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रचण्डका निकट नेताहरु मुख्यमन्त्री बनेका थिए। तर पूर्वएमालेकाे भागमा परेका चारै प्रदेशका मुख्यमन्त्री बने प्रधानमन्त्री ओली निकटका नेताहरु।
बागमती प्रदेश र १ नं प्रदेशमा माधव नेपाल निकट नेताहरु मुख्यमन्त्री बन्ने अनुमान गरिएको थियाे । तर प्रधामनन्त्री ओली जस्तो राजनीतिका चतुर खेलाडीका अरूकाे सामू केही चलेन।
बागमती प्रदेशमा त अष्टलक्ष्मी शाक्य जस्ता पुरान हस्तीलाई जिताउने आश्वासन दिएर प्रधानमन्त्री ओलीले डोरमणी पौडेलाई भोट हाल्न निर्देशन दिएका थिए। त्यसैकारण शाक्य निर्वाचनमा पराजित भईन् ।
नेपाल पक्षको बहुमत रहेको १ नं प्रदेशमा सो पक्षको आन्तरिक ब्यबस्थापन पक्षको कम्जोरीको फाईदा उठाउदै शेरधन राई दल नेताको चुनाव जितेर मुख्य मन्त्री बने। प्रचण्ड पक्षका भागमा परेका दुई मुख्यमन्त्री यति भाग्यमानी ठहरिएकी तिनले संसदीय दलको नेताको चुनावको समाना गर्नुपरेन।
उनीहरु निर्विरोध दलका नेता चुनिए र मुख्यमन्त्री बने। कुम्हालेको चक्र सधै एकै तिर घुम्दैन भन्ने नेपाली उखान जस्तै कर्णाली प्रदेशमा यो साता राजनीतिको चक्र अन्तै घुम्यो।
त्यो थियो, वरिष्ठ नेता माधव नेपाल पक्ष, प्रधानमन्त्री केपी ओली पक्ष र पुर्वमाओवादी पक्ष गरी प्रदेशसभाका बहुमत सदस्यले मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रसताव दर्ता गरे।
अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीबाट निकै टाढा पुगेका माधव नेपाललाई यो प्रदेशमा प्रयोग गर्न सफल भए।
‘भैंसी भिरबाट लडेपनि किलो रित्तै, बाघले खाएपनि किलो रित्तै’ भन्ने उखानलाई नेपाल पक्षले अनुसरण गर्यो यो प्रदेशमा। शाहीविरुद्धको अविश्वास प्रस्ताव पारित भएमा ओली निकट मानिने यमलाल कँडेल मुख्यमन्त्री हुने लाईनमा थिए।
त्यही हातले कँडेललाई नेपाल पक्षले मतदान गर्नुको विकल्प थिएन। त्यसैले केही थान मन्त्री लिएर भएपनि नेपाल पक्षले फाईदा लिन खोजेको देखिन्छ। दाहाल –नेपाल समीकरण नेकपा भित्र त्यति धेरै सहज रुपमा लिने गरिँदैन।
दाहालको पछि लागेर राजनीति समाप्त नगर्न नेपाललाई आफु निकट नेता तथा कार्यकर्ताहरुले पटक पटक सुझाव दिदै आएका छन् । दाहालले बेला बेलामा ओलीको एसम्यान बनिदिदा सो पार्टीमा नेपाल पक्ष लामो समयदेखि पीडित छ।
कर्णालीको यो समीकरण आगामी महाधिवेशनमा पनि देखिने हो भने नेपालको समेत राजनीतिक भविष्या अन्यौलमा हुने आम कार्यकर्ताको चिन्ता छ। दाहालसंग समीकरण गरेर पार लाग्छु भन्ने नेपालको सोचलाई खुर्सार्नीको बोटमा पिङ हालेर मच्चाउनु जस्तै हो भनि टिप्प्णी गर्न थालिएको छ । नयाँ विकल्पबाट