राष्ट्र बैंकले यसपालिको दसैँमा नयाँ नोट नसाट्ने



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा नयाँ नोट सटही नगर्ने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दसैँमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भीड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए ।

यस्तै, अन्य बैंकहरूमा समेत संक्रमणको जोखिम उच्च भएकोले दसैँका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनै पनि बैंकमा नगरिएको उनले बताए । यद्यपि, आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

यसअघिका वर्षमा दसैँमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रूपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोट दसैँको बेलामा सटही गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...