राष्ट्र बैंकले यसपालिको दसैँमा नयाँ नोट नसाट्ने



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा नयाँ नोट सटही नगर्ने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दसैँमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भीड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए ।

यस्तै, अन्य बैंकहरूमा समेत संक्रमणको जोखिम उच्च भएकोले दसैँका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनै पनि बैंकमा नगरिएको उनले बताए । यद्यपि, आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

यसअघिका वर्षमा दसैँमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रूपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोट दसैँको बेलामा सटही गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...