प्रधानमन्त्री केपी ओली पनि कन्ट्याक्ट ट्रेसिङमा



हाम्रो इकोनोमि

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा मुख्य भूमिका खेलेका मन्त्री पोखरेलले सरकारी वार्ता टोली सँगैसँगै थिए ।

सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली कन्ट्याक्ट ट्रेसिङमा परेकाले डा. केसी पनि तानिएका हुन् । शनिबार राति सचिव मैनालीले त्रिवि शिक्षण अस्पतालमा डा. केसीलाई भेटेर सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

डा. केसीसँग सहमति हुनु अगाडि शिक्षा मन्त्री पोखरेल वार्ता टोलीलाई लिएर बालुवाटर प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका थिए । त्यसैले प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

डा. केसी अनशन तोडेर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत छन् । पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा आइतबार मन्त्री पोखरेललाई पोजिटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...