प्रधानमन्त्री केपी ओली पनि कन्ट्याक्ट ट्रेसिङमा



हाम्रो इकोनोमि

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा मुख्य भूमिका खेलेका मन्त्री पोखरेलले सरकारी वार्ता टोली सँगैसँगै थिए ।

सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली कन्ट्याक्ट ट्रेसिङमा परेकाले डा. केसी पनि तानिएका हुन् । शनिबार राति सचिव मैनालीले त्रिवि शिक्षण अस्पतालमा डा. केसीलाई भेटेर सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

डा. केसीसँग सहमति हुनु अगाडि शिक्षा मन्त्री पोखरेल वार्ता टोलीलाई लिएर बालुवाटर प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका थिए । त्यसैले प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

डा. केसी अनशन तोडेर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत छन् । पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा आइतबार मन्त्री पोखरेललाई पोजिटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...