कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा



हाम्रो इकोनोमि

 

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । आफ्नै पार्टीका १८ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि शाहीको पद धरापमा परेको हो ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ जना सांसदमध्ये  १८ जनाले  अविश्वासको प्रस्ताव बुझाएका हुन् । तत्कालीन माओवादी पक्षका शाही विरुद्ध तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन्।

हस्ताक्षर गर्नेमा पूर्व माओवादी पक्षका ५ जना सांसद रहेका छन् भने १३ जना पूर्व एमाले पक्षका रहेका छन्। अब संसदीय दलमा बाँकी रहेकामध्ये पूर्व एमालेका ५ जना र पूर्व माओवादीका १० जना छन्।  पूर्व एमालेमध्येका एक जना सांसद राजबहादुर शाही भने प्रदेश सभामुख हुन्।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाह,धर्मराज रेग्मी लगायत रहेका छन् । मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सुरूदेखि नै खटपट भइरहेको थियो। कर्णाली प्रदेशमा सत्ता पक्षकै सांसदहरु मुख्यमन्त्री  शाहीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...