भारतमा संक्रमितको संख्या ७० लाख नाघ्यो, १ लाख ८ हजार बढीको मृत्यु



हाम्रो इकोनोमि

 

छिमेकी मुलुक भारतमा आइतबार मध्यान्नसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ७४ हजार ५३५ जनामा थप सङ्क्रमण देखिएको हो । यो सहित कुल संक्रमितको संख्या ७० लाख ५३ हजार ८ सय ६ पुगेको छ ।

कोरोना सङ्क्रमणको कारण १ लाख ८ हजार ३७१ भारतीय ज्यान गुमाइसकेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणको कारण ९२१ जनाको मृत्यु भएको छ ।

भारतमा करिब २ सातामा कोभिड १९ सङ्क्रमितको संख्या १० लाख बढेको छ । अझै पनि भारतभरि ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

उता कोरोना भाइरस संक्रमणबाट अति प्रभावित संयुक्त राज्य अमेरिकामा भने पछिल्लो २४ घन्टाभित्र ५० हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । योसहित अमेरिकामा कोरोना संक्रमितको संख्या ७९ लाख ४५ हजार ५०५ पुगेको छ ।

यस्तै कोरोनाकै कारण अमेरिकामा २ लाख १९ हजार २८२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो १ दिनभरिकको संक्रमित संख्या भने ६ सय ३५ रहेको जोन्स हप्किन्स विश्वविद्यालयको पेजमा उल्लेख गरिएको छ । कुल कोरोना संक्रमितमध्ये अहिलेसम्म ५० लाख ८९ हजार ८४२ भाइरसलाई जित्न सफल भएका छन् ।

यस्तैगरी अति प्रभावित देशहरुमध्येको ब्राजिलमा भने अहिलेसम्म ५० लाख ९१ हजार ८४० जना कोरोना संक्रमित भएका छन् । ब्राजिलमा भने २४ घन्टामा ३४ हजार ६५० जना नयाँ संक्रमित थपिएका छन् । यहाँ सोही अवधिमा ५४४ जनाको भाइरस संक्रमणका कारण ज्यान गएको छ । ब्राजिलमा अहिलेसम्म १ लाख ५० हजार २३६ जनाको मृत्यु भएको छ ।

आजसम्म विश्वमा कोरोना भाइरसबाट ३ करोड ७४ लाख ७८ हजार ३३४ जना संक्रमित भइसकेका छन् । उक्त संख्यामध्ये २ करोड ८१ लाख १९ हजार ८६८ जना सफल उपचारपछि घर फर्किसकेका छन् । यस्तै आइतबार मध्याह्न्नसम्म कोरोनाकै कारण विश्वका १० लाख ७७ हजार ६३० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...