भारतमा संक्रमितको संख्या ७० लाख नाघ्यो, १ लाख ८ हजार बढीको मृत्यु



हाम्रो इकोनोमि

 

छिमेकी मुलुक भारतमा आइतबार मध्यान्नसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ७४ हजार ५३५ जनामा थप सङ्क्रमण देखिएको हो । यो सहित कुल संक्रमितको संख्या ७० लाख ५३ हजार ८ सय ६ पुगेको छ ।

कोरोना सङ्क्रमणको कारण १ लाख ८ हजार ३७१ भारतीय ज्यान गुमाइसकेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणको कारण ९२१ जनाको मृत्यु भएको छ ।

भारतमा करिब २ सातामा कोभिड १९ सङ्क्रमितको संख्या १० लाख बढेको छ । अझै पनि भारतभरि ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

उता कोरोना भाइरस संक्रमणबाट अति प्रभावित संयुक्त राज्य अमेरिकामा भने पछिल्लो २४ घन्टाभित्र ५० हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । योसहित अमेरिकामा कोरोना संक्रमितको संख्या ७९ लाख ४५ हजार ५०५ पुगेको छ ।

यस्तै कोरोनाकै कारण अमेरिकामा २ लाख १९ हजार २८२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो १ दिनभरिकको संक्रमित संख्या भने ६ सय ३५ रहेको जोन्स हप्किन्स विश्वविद्यालयको पेजमा उल्लेख गरिएको छ । कुल कोरोना संक्रमितमध्ये अहिलेसम्म ५० लाख ८९ हजार ८४२ भाइरसलाई जित्न सफल भएका छन् ।

यस्तैगरी अति प्रभावित देशहरुमध्येको ब्राजिलमा भने अहिलेसम्म ५० लाख ९१ हजार ८४० जना कोरोना संक्रमित भएका छन् । ब्राजिलमा भने २४ घन्टामा ३४ हजार ६५० जना नयाँ संक्रमित थपिएका छन् । यहाँ सोही अवधिमा ५४४ जनाको भाइरस संक्रमणका कारण ज्यान गएको छ । ब्राजिलमा अहिलेसम्म १ लाख ५० हजार २३६ जनाको मृत्यु भएको छ ।

आजसम्म विश्वमा कोरोना भाइरसबाट ३ करोड ७४ लाख ७८ हजार ३३४ जना संक्रमित भइसकेका छन् । उक्त संख्यामध्ये २ करोड ८१ लाख १९ हजार ८६८ जना सफल उपचारपछि घर फर्किसकेका छन् । यस्तै आइतबार मध्याह्न्नसम्म कोरोनाकै कारण विश्वका १० लाख ७७ हजार ६३० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...