यी हुन् प्रचण्डले छानेका पूर्वमाओवादीतर्फबाट ८ मन्त्री



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि मन्त्रीपरिषद् पुर्नगठनको विषयमा लामो छलफल भएको छ । पटक पटकको छलफल निष्कर्षमा नपुगेपछि आजको छलफलमा प्रचण्ड फरक ढंगबाट प्रस्तुत भएका थिए । मन्त्रिपरिषद् पुर्नगठनको विषयलाई लिएर पूर्व माओवादी खेमामा प्रम ओली खेल्न थालेपछि आज प्रचण्डले पूर्वमाओवादीतर्फबाट मन्त्री बनाउने नेताको लिष्ट ओलीलाई बुझाएको स्रोतले बतायो ।

वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीको छायाँ बनेर उनकै कुरामा सही थप्ने काम नगर्न चेतावनी दिएपछि प्रचण्ड आजको भेटमा ओलीसँग कडा रूपमा प्रस्तुत भएका थिए । ‘पटक पटकको भेटमा कुनै सहमति हुन नसक्दा नेता कार्यकर्तामा गलत सन्देश जाने भयो । पूर्वमाओवादीतर्फबाट मन्त्री बन्ने नेताहरुको नाम म दिन्छु । माधव र झलनाथ खनालसँग समन्वयन गरेर पूर्वएमालेबाट मन्त्री बनाउने नेताहरूको नाम फाइनल गर्नुहोस् । मन्त्रिमण्ढल पुनर्गठनलाई अब धेरै नलम्ब्याऔं’ प्रचण्डले ओलीलाई आजको भेटमा भनेका थिए ।

ओलीले भने ‘पुनर्गठन दशैंपछि गराैं’ भन्दै हाललाई खाली ३ मन्त्रालयमा ३ मन्त्री थपेर अगाडि बढ्ने प्रस्ताव दोहोर्याएका थिए । तर प्रचण्डले सो प्रस्ताव इन्कार गर्दै पूर्वमाओवादीका तर्फबाट मन्त्री बन्ने ८ नेताको लिस्ट नै ओलीलाई बुझाएका थिए ।

मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यका लागि आज छलफलमा जुटेका नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ८ नयाँ मन्त्रीको नाम फाइनल भएको बताइएको छ । प्रम ओलीले दशैंपछिमात्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताए पनि प्रचण्डले भने पुनर्गठनमा ढिलाई गर्न नहुने भन्दै आफ्नो तर्फबाट ८ जना मन्त्री बनाउने नेताको नाम बुझाएको स्रोतको दाबी छ । प्रचण्डले गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरलाई मन्त्रीमा कायम राखी पूर्वएमाओवादीतर्फका अन्य नेतालाई सरकारबाट फिर्ता बोलाउन पनि आग्रह गरेको बताइन्छ ।

प्रचण्डले ओलीलाई बुझाएको पूर्वमाओवादीको तर्फबाट ८ नेतामा देव गुरुङ, पम्फा भुषाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मातृका यादव, टोपबहादुर रायमाझी र प्रभू साह अटाएका छन् । नयाँ ८ र पुराना ३ गरी पूर्वमाओवादीका तर्फका ११ जना मन्त्री बन्ने भएका छन् भने पुर्व एमालेबाट १३ मन्त्री रहने भएका छन् । यससँगै मन्त्रालयको संख्या प्रधानमन्त्रीको कार्यलयबाहेक २४ वटा बनाइने भएको छ ।

पूर्वएमालेको तर्फबाट अर्थमन्त्रीमा महासचिव विष्णु पौडेलबाहेक अन्यको टुंगो लागेको छैन । वरिष्ठ नेताद्वय खनाल र नेपाल भोलि प्रधानमन्त्री ओलीसँग छलफलमा बसेर नयाँ मन्त्री छान्ने तयारीमा छन् । प्रचण्ड र नेपाल समूह दशैं अगाडि नै मन्त्रीपरिषद् पुर्नगठनको लागि प्रधानमन्त्री ओलीलाई दवाव दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...