मन्त्रीमण्डल पुनर्गठन, यि हुन् प्रधानमन्त्रीको खल्तिमा भएका नाम



हाम्रो इकोनोमि

 

मन्त्रीमण्डल पुनर्गठनका विषयमा लामै छलफल गरेपनि नेपाल कम्युनिष्ट पाटी ‘नेकपा’ का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच अझै कुरा मिल्न सकेको छैन । खासगरि मन्त्रिपरिषदमा कसलाई हटाउने र कसलाई थप्ने भन्नेमै दुइ अध्यक्षबिच कुरा मिल्न सकेको छैन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको क्रममा केही नंया अनुहारलाइ स्थान दिने तयारी गरेका छन् ।

ओलीले गणेश ठगुन्ना, प्रेम आले, लिला श्रेष्ठ सहितका केही नंया अनुहार अबको क्याविनेटमा ल्याउन चाहेका छन् ।  खासगरि पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो  ।  अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डेको नाम तयारी अस्थामा  थियो  । तर पाण्डेले आफु अर्थ बाहेक अरु मन्त्रालयमा नजाने स्पष्ट संकेत दिइसकेका छन् । उनले अर्थ बाहेक अन्य मन्त्रालयको ‘अफर ‘ नस्विकार्ने बताइसकेका छन् ।

स्रोतका अनुसार विष्णु पौडेल अर्थ मन्त्री बन्ने पक्का जस्तै छ । पौडेलको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको छ ।  पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक विवाद मिलाउन खटिएका जनार्दन शर्मा पनि यसपटक क्याविनेट छिर्न चाहन्छन् । तर प्रधानमन्त्री ओलीले उनलाई सञ्चार मन्त्रालय दिन आनाकानी गरेका छन् । ओली सञ्चार मन्त्रालय पुर्वएमाले तर्फकै नेतालाई दिन चाहन्छन् ।

पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन ।

उनिहरुका अलवा लिला श्रेष्ठ र पम्फा भुषाललाई पनि ओलीले मन्त्रीको लागी ‘नोटीस’ गरिसकेका छन् ।  प्रचण्डकै अगाडी ओलीले ‘टोपबहादुर रायमाझी, प्रभु साहलाई पनि मन्त्री बनाउनुपर्छ भन्दै लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्ने बताए । प्रचण्डसँग भएका भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गरेपछि प्रचण्डले ‘ल जेसुकै गर्नुस’ भन्दै निस्केका थिए ।

प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नाम समेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा नरहेको बताइन्छ ।

दाहाल भने देखिने गरि मन्त्रीपण्डल हेरफेर गर्न चाहन्छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको सल्लाहमा सरकार सञ्चालन गर्ने समझदारी बनेपनि त्यसअनुरूपको व्यवहार नभएपछि प्रचण्डले जस्तोसुकै सहमति गरेपनि ओलीको ब्यवहारमा परिवर्तन नआएको भन्दै दिक्क मानेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...