यतिले १२ वर्षपछि सुरु गर्यो सिमारा उडान



हाम्रो इकोनोमि

 

यती एअरलाइन्सले बुधबारदेखि सिमरामा उडान सुरु गरेको छ । कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं.२ मा दोस्रो गन्तव्य हो ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर बुधबारदेखि सिमरा उडान सुरु गरिएको जानकारी दिए । उनका अनुसार नाइन एन एएलएच 9N-AIH  कल साइन भएको जेटईस्ट्रीम–४१ विमानमार्फत बुधबार बिहान ९ :१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ पौने पाँच बजे हुनेछ । ‘अब सिमरा नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुहरुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान सुरु गरेकोले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ’, प्रवक्ता बर्तौलाले भने ।

बुधबार पहिलो दिन काठमाण्डौ–सिमरा–काठमाण्डौ उडान गर्ने यात्रुमध्ये गोला प्रथामार्फत एक जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराइएको समेत उनले जानकारी दिए ।

यतीले अहिलेको लागि प्रमोशनल भाडा काठमाण्डौ–सिमरा–काठमाण्डौको एकतर्फी भाडादर एक हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यी गन्तव्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।

२०५५ देखि सेवा प्रारम्भ गरेको यतीको अहिले एटीआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनअटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाण्डौ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...