कोरोनाले बालुवाटार सुनसान, प्रधानमन्त्री ओली स्वयम् कोरोनाको उच्च जोखिममा



हाम्रो इकोनोमि

 

नेपाली राजनीतिको मुख्य शक्तिकेन्द्रका रुपमा रहेको प्रधानमन्त्रीनिवास बालुवाटारलाई अचानक कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन् ।

बालुवाटार नेपालका प्रधानमन्त्रीको सरकारी आवास रहेको क्षेत्र हो, जहाँ अहिले मन्त्रिपरिषद बैठकदेखि सत्तारुढ पार्टीको सचिवालय वैठक तथा अन्य फाल्तु कार्यक्रम पनि हुने गरेका छन् ।

गत २ असोजमा मात्रै बालुवाटारभित्र एउटा पुस्तक विमोचन कार्यक्रम भएको थियो । पछिल्लोपटक प्रधानमन्त्रीले नवगठित मिडिया अलायन्सका पदाधिकारीहरुलाई सामूहिक भेटेका थिए ।

आफ्नो स्वास्थ्य अवस्था र पछिल्लो समयमा कोरोना संक्रमणको जोखिमले गर्दा प्रधानमन्त्री ओली हम्मेसी बाहिर निस्किँदैनन् । बेलाबखत राष्ट्रपति कार्यालय जानेबाहेक उनले सबै काम बालुवाटारभित्रैबाट गरिरहेका छन् ।

बालदिवस, सामाजिक सेवा दिवस, मानवअधिकार दिवस लगायतलाई उनले निवासबाटै भर्चुअल सम्वोधन गरेका थिए ।

सुखद पक्ष के छ भने, प्रधानमन्त्री बस्ने निवासमा ड्यूटी गर्ने सुरक्षाकर्मीलाई कोरोना देखिएको छैन । प्रमको पहिलो सुरक्षा घेरामा रहेकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाका सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रायः प्रधानमन्त्रीका साथमा रहने निकट सहयोगी राजेश बज्राचार्यमा पनि संक्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...