बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने सरकारको निर्णय



हाम्रो इकोनोमि

 

 

प्रदेश ५ सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालका अनुसार बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा समेटिन लागेका हुन् ।

स्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको मन्त्री बरालले जानकारी दिए ।

रूपन्देहीमा रहेको प्रदेशको अस्थायी राजधानी स्थायी रूपमा दाङको देउखुरी लैजाने प्रस्तावले चिढिएका सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । यसअघि सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए । चौधरीको प्रस्तावलाई संसदीय दलबाट निर्णय गराएर मन्त्रिपरिषद् लगिएको थियो ।

मन्त्रिपरिषद्का उक्त निर्णय मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट सार्वजनिक गर्ने तयारी छ । तर प्रतिपक्ष कांग्रेसको विरोधले प्रदेशसभा बैठक चल्ने अवस्था नभए पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मन्त्री बरालले बताए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...