काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने संकेत



हाम्रो इकोनोमि

 

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको डर डरलाग्दो गरि बढेसंगै पुन: लकडाउन गर्ने बारे छलफल सुरु भएको छ।

फेरि लकडाउनका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल थालेको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा उपत्यकामा दैनिक १ हजार ५ सय भन्दा धेरै संक्रमित थपिन थालेका छन् ।

उपत्यकामा दैनिक १ हजार ५ सय भन्दा धेरै संक्रमित थपिन थालेका छन् । निरन्तर संक्रमित बढेपछि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले विभिन्न विकल्पमा छलफल गरेको र त्यसमध्ये एक विकल्प लकडाउन रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा बेड खाली नभएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा अवस्था थप भयावहको अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

मन्त्रालयले लकडाउन नै संक्रमणको गति रोक्ने मुख्यमाध्यम भएको निष्कर्ष निकाले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल भने सकभर लकडाउन नगर्ने पक्षमा छन् ।

मन्त्री ढकालसमेत सहभागी रहेको मन्त्रालयको कोडिभ १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा अवस्था थप भयावहतर्फ गएकाले तत्काल लकडाउन गर्नुको विकल्प नभएकोमा कार्यक्रममा सहभागीले जोड दिएका थिए ।

बैठकमा मन्त्री ढकालले लकडाउनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । काठमाडौं उपत्यकामा लक्षण भएका संक्रमितको संख्या बढ्न थालेकाले अवस्था थप भयावह तर्फ गएकाले नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विकल्प भएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...