अर्थबाहेक कुनै मन्त्रालयमा जान्न : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थबाहेक अन्य कुनै पनि मन्त्रालयमा नजाने अडान दोहोर्याउनु भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच स्थायी कमिटीका तीन सदस्यलाई सरकारमा सहभागी गराउने सहमति सार्वजनिक भएपछि नेता पाण्डेले यस्तो अडान दोहोर्याउनु भएको हो । प्रधानमन्त्री ओली र प्रचण्डबीच रिक्त तीन मन्त्रालयमा सोमवार महासचिव बिष्णु पौडेल, स्थायी कमिटीसदस्यद्वय पाण्डे र जनार्दन शर्मालाई नेतृत्व दिने सहमति भएको थियो । सो सहमतिअनुसार महासचिवसमेत रहनुभएका पौडेललाई अर्थ, पाण्डेलाई सञ्चार र शर्मालाई शहरी बिकाश मन्त्री नियुक्त गर्ने तयारी छ ।

दुई अध्यक्षबीच यस्तो सहमति भएको समाचार सार्वजनिक भएलगत्तै पाण्डेले अर्थबाहेक अरु मन्त्री नबन्ने अडान राख्नुभएको हो । ‘मैले यसअघि नै सार्वजनिक रुपमा अर्थमन्त्री बाहेक अरु कुनै मन्त्रालयमा जान्न, मन्त्री हुन्न भनिसकेको छु, यही मेरो बटमलाइन हो, अर्थबाहेक अन्य मन्त्री नियुक्त भएमा सार्वजनिक रुपमा बक्तब्य जारी गरेर मन्त्री पद अस्वीकार गर्छु,’ मन्त्री नियुक्त हुने सूचना पाई सोमवार साँझ बधाइ दिन निवास पुग्दा पाण्डेको भनाई उधृत गर्दै एक नेताले  भने ।

सो क्रममा पाण्डले आफूले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवैलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिए उत्कृष्ट परिणाम दिने तर अरु मन्त्रालयमा नजाने प्रष्ट निर्णय सुनाइसकेको जानकारीसमेत गराउनु भएको छ । जनताटाइम्सको जिज्ञासामा पनि पूर्वअर्थमन्त्री पाण्डेले आफूले दुवै अध्यक्षलाई प्रष्ट कुरा राखिसकेको भन्दै थप कुरा गर्न चाँहनुभएन ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...