तीन वर्षपछि खरका छाना हुँदैन : राज्यमन्त्री मानन्धर
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् ।
विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाए। राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको संरक्षण गर्ने दायित्व राज्यले पूरा गर्ने जनाउँदै विपन्न नागरिकलाई सुरक्षित आवास दिलाउन सरकार लागि परेको र आवासको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा रहेको बताए ।
कोरोना सङ्क्रमणका कारण विकासमा केही बाधा देखिएको उल्लेख गर्दै उनले अब कोरोनाबाट जोगिँदै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाइने बताए ।


