सर्वोच्च अदालत सिल, वामदेवलाई धोका



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको स्वाब परीक्षण गर्दा हिजो आएको रिपोर्टमा पोजिटिभ देखिएको छ । भण्डारी बुधबारको पूर्ण इजलासमा बसेका थिए, जहाँ सबै न्यायाधीश थिए ।

भण्डारीको पोजिटिभ रिपोर्टको कारण आजदेखि सबै न्यायाधीश होम क्वारेण्टिनमा बस्नुपर्ने भएकोले सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ ।

स्रोतका अनुसार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशबाहेक अरु सबै स्थगित गरिएको छ । अब कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार अधिकांश न्यायाधीशलाई हल्का ज्वरोसहित रुघा र खोकीको लक्षण देखिएको छ । सर्वोच्चमा यतिखेर १९ जना न्यायाधीश छन् ।

न्यायाधीशहरूलाई कोरोना संक्रमणको आशंकाले यता नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...