सर्वोच्च अदालत सिल, वामदेवलाई धोका



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको स्वाब परीक्षण गर्दा हिजो आएको रिपोर्टमा पोजिटिभ देखिएको छ । भण्डारी बुधबारको पूर्ण इजलासमा बसेका थिए, जहाँ सबै न्यायाधीश थिए ।

भण्डारीको पोजिटिभ रिपोर्टको कारण आजदेखि सबै न्यायाधीश होम क्वारेण्टिनमा बस्नुपर्ने भएकोले सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ ।

स्रोतका अनुसार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशबाहेक अरु सबै स्थगित गरिएको छ । अब कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार अधिकांश न्यायाधीशलाई हल्का ज्वरोसहित रुघा र खोकीको लक्षण देखिएको छ । सर्वोच्चमा यतिखेर १९ जना न्यायाधीश छन् ।

न्यायाधीशहरूलाई कोरोना संक्रमणको आशंकाले यता नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...