तातोपानी नाका सञ्चालनमा



 

आज (सोमबार) देखि उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै डेढ महिनापछि आजदेखि उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको हो । आज १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् ।

तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो ।

नाका खुलेलगत्तै १२ वटा कन्टेनरमा सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

चिनियाँ पक्ष आइतबार बेलुकी मितेरी पुलमा सामान ‘अनलोड’ गरेर फर्किएको उनले सुनाए । ती सामान लिन ११ वटा कन्टेनर मितेरी पुल पुगेका थिए । भन्सार जाँचपासको प्रक्रिया सकिएपछि सबै सामग्री काठमाडौं पठाइने खत्रीले बताए ।

नाकाबाट कोरोना संक्रमण भित्रिन नदिन तातोपानी भन्सार कार्यालयले सामान ल्याउन २९ जनाको दुइटा टिम तयार राखेको छ । ती सबैको ५ दिनमा परीक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
माधवजी र म एक हुने भयौं : वामदेव

    नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू

वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्छु : भीम रावल

    नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले देश र प्रवासमा

निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

    नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

      ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत