काठमाडौं उपत्यकामा नआउन सरकारको आग्रह



हाम्रो इकोनोमि

 

सरकारले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको जोखिम उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन नागरिकलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नागरिकलाई उपत्यका नआउन आग्रह गरेका हुन् । पछिल्लो केही दिनयता उपत्यकामा कोरोना संक्रमण उच्च दरमा बढ्दै गइरहेको छ ।

शनिबार देशभर २१२० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उपत्यकामा ११७७ छन् । जसमध्ये काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी शुक्रबार नेपालमा अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिएका थिए । शुक्रबार २७२२ जना संक्रमण पुष्टि भएकोमा उपत्यकामा १६३८ छन् । जसमध्ये काठमाडौं जिल्लामा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...