विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेर अर्थमन्त्री छिट्टै बनाउने सोच बनाएका थिएनन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि नयाँ अर्थमन्त्रीको खोजी भएकाले पौडेलको सम्भावना बनेको बालुवाटारनिकट स्रोत बताउँछ ।

“अर्थमन्त्रीमा पौडेलको सम्भावना बढेको छ,” बालुवाटार स्रोतले  भन्यो, “पौडेलले पार्टीकै काममा रुचि देखाए पनि विश्वास पात्रको खोजी गर्दै जाँदा पौडेलको सम्भावना बढेको हो ।” अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको पनि चर्चा चलेको थियो । तर, फरक गुटका कारण ओलीले उनलाई रुचाएका छैनन् ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पाण्डेलाई फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेको उनीनिकट स्रोतले बताएको थियो । भट्टराईले अर्थबाहेक अरू मन्त्री बन्न प्रस्ताव गरेकाले पनि पाण्डेको सम्भावना नरहेको उनीनिकटस्थ नै बताउँछन् । पाण्डेले पनि अर्थमन्त्रीबाहेक अरू मन्त्रालयको जिम्मेवारी नलिने बताइसकेका छन् ।

खतिवडालाई राजदूत सिफारिस गरेपछि पौडेलको सम्भावना बढेको एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पौडेलको पक्षमा नकारात्मक हुन सक्दैनन् ।

“पार्टीभित्रको विवाद मिलाउने दौरानमा पौडेल प्रचण्डसँग पनि नजिक छन् । कसैलाई निबिझाउने, नचिढ्याउने स्वभावले गर्दा प्रचण्डले पनि नाइँ भन्‍न नसक्दाको लाभ पौडेलले उठाउँदै छन्,” ती नेता भन्छन् । ओलीको पहिलो प्रधानमन्त्रीकालमा पनि पौडेल अर्थमन्त्री थिए । उनका केही योजना अहिले पनि लोकप्रिय रहेको नेकपाको जनआधार फराकिलो बनाउन सहयोगी बनेकाले पार्टीभित्र उनलाई रुचाउने पंक्ति रहेको ती नेताको भनाइ छ ।

तर, महासचिव पौडेल भने आफूलाई महासचिवकै कार्यबोझ रहेको बताउँदै आएका छन् । केही दिनअघि बाह्रखरीसँग कुराकानी गर्दै पौडेलले अहिले मन्त्री बन्नेभन्दा पार्टीकै काममा खटिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...