आजदेखि देशभर सहुलियत मूल्य पसल सञ्चालन, कुन सामानमा कति छुट ?



हाम्रो इकोनोमि

 

काठमाडौ । सरकारले आज (बिहीबार) देखि दशैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । वर्ष पनि त्यसैको निरन्तरता हो ।

यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवसथा तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवसथा गरेको छ । यो वर्ष कोभिड(१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवसथा तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथान (डीडीसी) ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य शहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । सहुलियत पसल आउँदो मंसिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

ती सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ भने चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैंयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपैयाँ छुट दिने भएको छ ।

खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथानले सहुलियत पसल सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौँमा तीनवटा घुम्ती पसल सञ्चालन गर्ने तयारी पनि छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवसथा तथा व्यापार कम्पनीले ३० वटा र दुग्ध विकास संसथानले सबै विक्री केन्द्रमा छुट दिनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

काठमाडौँ उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...