१२ बर्षीया बालिका बलात्कृत



हाम्रो इकोनोमि

 

साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो ? छोड्, भन्दै कराउँदा मुखमा ओढनी (सल) कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्‍यो ।’

बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको भनाइ हो यो । असोज १ गते बेलुका उनलाई २६ वर्षका शिवपूजन यादवले बलात्कार गरेको आरोप छ । हारगुहार माग्दा उल्टै पिटाई खानुपरेको बालिकाको भनाइ छ ।

‘मुखमा ओढ्नी कोचेको भएपनि बल गरेर कराएको सुनेर कृष्ण यादव आयो अनि मेरो हात समातेर शिवपुजनलाई भगाइदियो । त्यसपछि मलाई नै कुट्न थाल्यो’, बालिका भन्छिन्, ‘पछि कृष्णकै कुरा सुनेर आमाबुवाले पनि मलाई कुटे ।’

उनका अनुसार शिवपुजन नातामा काका पर्ने व्यक्ति हुन् । घटनापछि उनी फरार छन् । यो घटना मिलाउन गाउँस माजमा चलखेल भइरहेको छ । तर, घटना बाहिर ल्याइसकेको बालिकाको परिवार न्यायको लागि लडिरहेको छ ।

डेढ लाख रुपैयाँ लिएर मिल्नू नत्र ठीक हुन्न भन्ने धम्की आएको बालिकाकी आमा बताउँछिन् । गाउँका पञ्चहरु रुपैयाँ लिएर चुपचाप बस्नु, गाउँको कुरा गाउँमै रहन्छ भनिरहेको उनले बताइन् । ‘नत्र राति गोली चल्नसक्छ, तिमीहरु सुतेको सुत्यै हुन्छौं भनेर धम्की दिइरहेका छन्, हामी रातभरि जागै बस्छौं’, उनी भन्छिन्, ‘तर, हामीलाई पैसा हैन, न्याय चाहिन्छ ।’

प्रहरीकोमा जाँदा घरमै जानु भनेर फर्काएको उनले बताइन् । यस्तो परेको बेला वडा अध्यक्षले पनि सहयोग नगरेको बालिकाकी आमाको गुनासो छ । वडा अध्यक्ष रामएकबाल साह कलवार भने बालिकाले न्याय पाउन् भन्ने पक्षमा आफू रहेको बताउँछन् ।

‘तीन दिनपछि घटनाबारे थाहा पाएपछि मैले नै प्रहरी कार्यालयमा गएर उजुरी गर्नुस् भनेको हुँ’, उनी भन्छन्, ‘सिफारिस गरिदनुस् भन्दै ४–५ जना आएर मलाइ नै दुर्व्यवहार गरे ।’

असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता भएको छ । बालिकाको बयान लिएर विस्तृत स्वास्थ्य जाँच गराइसकेको बताउँदै बाराका प्रहरी प्रवक्ता रहेका डीएसपी गौतम मिश्रले भने, ‘भारत पसेका आरोपीलाई पक्राउ गर्न उतापट्टी समन्वय भइरहेको छ ।’

बालिकाको परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको, मार्ने धम्की दिएको भन्ने जानकारी भने नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...