वामदेवको मुद्दा संवैधानिक इजलासमा, आजै सुनुवाइ हुँदै



हाम्रो इकोनोमि

 

राष्ट्रियसभा सदस्यमा मनोनित भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस् भनी दायर रिट उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदैछ ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टद्वारा दायर अलग अलग रिटमाथि गत साता न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले रिट निवेदकको मागबमोजिम आज असोज १४ गतेसम्मका लागि प्रतिवादी नं. ५ (वामदेव गौतम) लाई कुनै संवैधानिक पदमा नियुक्त नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

तर, रिट निवेदकहरुले मन्त्री पदमा नियुक्त नरियोस् भनी माग गरेकोमा बेञ्चले रिट निवेदकको मागभन्दा एक कदम अघि बढेर संवैधानिक अंगको नियुक्तिमाथि नै बन्देज लगाउने गरी अन्तरिम आदेश जारी गरेकोमा कानुनविद्हरुले आश्चर्य प्रकट गर्दै आएका छन् ।

उक्त मुद्दा आज भने सर्वोच्च अदालतको पूर्ण इजलास (१ नंं) मा पेसी चढेको छ ।

उक्त इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पाँच न्यायाधीश तोकिएका छन् ।

संवैधानिक इजलासका न्यायाधीशमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

आजको बहसका लागि रिट निवेदकका तर्फबाट एक दर्जनभन्दा बढी अधिवक्ताले वकालतनामा पेश गरेका छन् ।

विपक्षी नेपाल सरकारको तर्फबाट नायव महान्यायाधीवक्ता डा.टेकबहादुर घिमिरेसहितका सरकारी वकिलहरु सर्वोच्च पुगिसकेका छन् ।

विपक्षीकै तर्फबाट बहस गर्न अधिवक्ता प्रा.डा.युवराज संग्रौलाहरुले नाम दर्ज गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...