सञ्चार मन्त्रीमा प्रदीप ज्ञवाली ?



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रीको खोजी सुरु भएको छ । प्रधानमन्त्री नजिकका व्यक्तिले यो जिम्मेवारी पाउने निश्चित भए पनि कसलाई दिने भन्नेबारे निर्णय हुन भने बाँकी रहेको बताइन्छ ।

सम्भावित सञ्चार मन्त्रीका रूपमा विभिन्न नेताहरूको नाम चर्चामा छ ।  परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहेका प्रदीप ज्ञवालीलाई सञ्चारमा सार्ने मनस्थिति पनि प्रधानमन्त्रीले बनाएको चर्चा नेकपामा हुने गरेको छ । सन्तुलित र मिडिया फ्रेण्डली भएकाले ज्ञवालीलाई परराष्ट्रबाट सञ्चारमा ल्याउने सोच प्रधानमन्त्रीले बनाएको बताइन्छ । ज्ञवालीलाई सञ्चारमा सार्दा परराष्ट्रमा अर्को विश्वासिलो पात्र लैजानुपर्ने भएकाले अन्य विकल्पमा प्रधानमन्त्री जाने सम्भावना पनि उत्तिकै छ ।

महेश बस्नेतलाई पनि सम्भावित सञ्चार मन्त्रीका रूपमा चर्चँ गरिदैछ । प्रधानमन्त्रीका विश्वासपात्र भए पनि बस्नेतले यसपटक मन्त्री हुने अवसर पाएका छैनन् । त्यसैले उनलाई सकेसम्म सञ्चार नभए कुनै एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउनुपर्ने दवाव पनि प्रधानमन्त्री ओलीमाथि परेको बालुवाटार स्रोतले जनाएको छ ।

पत्रकारिताबाट राजनीतिमा होमिएका राजेन्द्र गौतमले सञ्चारको बागडोर सम्हाल्ने सम्भावना पनि उत्तिकै छ । पूर्वपत्रकार पनि भएकाले गौतमलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन उपयुक्त हुने सुझाव नेकपाका केही नेताले दिएको बताइन्छ । यसबाहेक सञ्चारको जिम्मा दिने अन्य सम्भावित पात्रबारे पनि प्रधानमन्त्री र उनीनिकट नेताबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...